Logo

२०८३, आश्विन ११गते


images
images

बुहारीको मुख हेर्दा सासुले दिईन् २५ लाखको जीवन बीमा उपहार

बुहारीको मुख हेर्दा सासुले दिईन् २५ लाखको जीवन बीमा उपहार

images
  • बुहारीको मुख हेर्दा सासुले दिईन् २५ लाखको जीवन बीमा उपहार
    images
    images

    देवदह । विवाह पश्चात घरमा बुहारी भित्रिएपछि बुहारीको मुख देखाई कार्यक्रम हुन्छ । यस्तो कार्यक्रममा सासु–ससुराले केही दक्षिणा वा कुनै बस्तु दिएर बुहारीको मुख हेर्ने गरिन्छ । तर पश्चिम नवलपरासीका एक दम्पतिले भने घरमा भित्रिएकी बुहारीलाई बीमा पोलीसी उपहार दिएर बुहारीको मुख हेरेका छन् । 

    images
    images
    images

    पश्चिम नवलपरासीको सुनवल नगरपालीका ३ नदुवा निवासी घनबहादुर थाापा र कमला थापाको दम्पतीले नयाँ दाम्पत्य जीवनको सुरुवात गरेका आफ्ना छोरा सुरज थापा र बुहारी कृष्टिना बोहोरालाई जीवन बीमालेख उपहार दिएका हुन्  । 

    images
    images
    images

    नयाँ दाम्पत्य जिवनको सुरुवात गरेका छोरा बुहारीको जोडिलाई जिवनमा बचत गर्ने बानीको बिकास गराउने उद्धेश्य र बीमा गर्नाले जीवन जोखिम हुँदा आर्थिक सहयोग प्राप्त गरिने भएकाले छोरा बुहारीलाई जीवन बीमा उपहार दिएको आमा कमला थापाले बताईन् । 

    images
    images
    images

    कमला थापा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी देवदह शाखाकी एजेन्सी म्यानेजर समेत हुन् । 

    सोही कम्पनीको सोही शाखाबाट २५ लाखको शुभारम्भ योजना खरिद गरी उनले विमा गरिदिएकी हुन् ।

    जीवनमा विपत्तिले निम्त्याउने आर्थिक समस्याको समाधान गर्न दाइजो भन्दा जीवन बीमा उत्तम हुने र यसले जीवन जोखिम हुँदा आर्थिक सहयोग प्रदान गर्ने भएकाले बिमा गरिदिएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवन बीमा उपहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।