Logo

२०८३, कार्तिक २८गते


images
images

फ्रान्समाथि इटालीको शानदार जित

फ्रान्समाथि इटालीको शानदार जित

images
  • फ्रान्समाथि इटालीको शानदार जित
    images

    काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालीले फ्रान्सलाई ३–१ गोलले पराजित गरेको छ ।

    images
    images
    images

    घरेलु मैदान सान सिरोमा इटालीले सुरुवाती अग्रता लिएको फ्रान्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

    images
    images
    images

    खेलको १०औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर फ्रान्सको अग्रता लामो समय टिक्न सकेन । इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले २६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

    images
    images

    पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले थप दुई गोल गर्‍यो । ६३औँ मिनेटमा डेभिडे फ्राटेसीले गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए ।

    त्यसपछि ७५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई पियो एस्पोसिटोले गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले ३–१ को जित सुनिश्चित गर्‍यो । खेलमा इटालीले एक पेनाल्टी अवसर गुमाएको थियो । इटालीका सेबास्टियानो एस्पोसिटोले ६०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।

    यो हार फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानका लागि पहिलो हार बनेको छ । फ्रान्सले यसअघि उनको प्रशिक्षणमा अपराजित यात्रा कायम राखेको थियो ।

    यस जितसँगै इटाली समूह ‘ए’ को समूह १ मा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान १० अंक रहेको फ्रान्स भने गोल अन्तर नभई आपसी प्रतिस्पर्धाको नतिजाका आधारमा दोस्रो स्थानमा झरेको छ ।

    इटालीले पछिल्लो पटक सन् १९६२ मा घरेलु मैदानमा फ्रान्सलाई पराजित गरेको थियो । ६४ वर्षपछि घरेलु मैदानमा फ्रान्समाथि जित निकाल्दै इटालीले महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

    इटालीले अब अन्तिम खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने फ्रान्सले टर्कीसँग खेल्नेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युइएफए नेसन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।