Logo

२०८३, कार्तिक १९गते


images
images

रौतहटमा गोली प्रहारबाट युवक गम्भीर घाइते

रौतहटमा गोली प्रहारबाट युवक गम्भीर घाइते

images
  • रौतहटमा गोली प्रहारबाट युवक गम्भीर घाइते
    images
    images

    रौतहट । रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।

    images
    images
    images

    गएराति करिब सवा ९ बजे पानी ट्यांकी नजिक सोही स्थानका अन्दाजी २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो ।

    images
    images
    images

    पेस्तोलबाट प्रहार गरिएका गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घाइते यादवलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको छ ।

    घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोली प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।