Logo

२०८३, कार्तिक १८गते


images
images

बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ गरिँदै

बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ गरिँदै

images
  • बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ गरिँदै
    images
    images

    बुटवल । दीपावलीको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव’को तयारी गरेको छ ।

    images
    images
    images

    संघले यहि कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर स्थित सुक्रपथमा तीन दिने दीपावली सडक खाना महोत्सवको तयारी गरिएको संघका महासचिव बसन्तप्रसाद ढकालले जानकारी दिए ।  
    संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी बाडफाँड गरेको छ । बैठकले दीपावली सडक खाना महोत्सव सञ्चालन तथा व्यवस्थापन मुल समितिको संयोजकमा संघका अध्यक्ष पौडेललाई जिम्मेवारी प्रदान गरेको हो ।

    images
    images
    images

    त्यस्तै निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मुल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव ढकाले जानकारी दिए ।

    images
    images
    images

    त्यसैगरी महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टिकाराम वञ्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दिपक चापागाईलाई स्टल तथा पूर्वाधार व्यवस्थापन तथा सहकोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यस्तै कार्यसमिति सदस्यहरु रामबहादुर भण्डारीलाई सुरक्षा व्यवस्थापन, दीपक घिमिरेलाई ट्राफिक तथा पार्किङ व्यवस्थापन, बिष्णुप्रसाद उपाध्यायलाई सरसफाई व्यवस्थापन तथा लेखनाथ भण्डारीलाई स्टल व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

    अपरान्ह ४ देखि राती १० बजेसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा ५० स्टल राखिनेछ । महोत्सवमा स्थानीय, विभिन्न जातजातीका संस्कृतिसंग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिने संघले जनाएको छ ।

    यसले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवद्र्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    दीपावलीको सांस्कृतिक र धार्मिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

    एउटै स्थलमा खानाका विविध परिकार, तिहारका सामाग्री, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रम समेटिने भएकाले महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।

    तीनदिनसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा कला संस्कृतिको संरक्षण गर्नेगरी उदेसी भैलो प्रतियोगिता, लोकल व्याण्ड तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । सांस्कृतिक कार्यक्रम अन्तरगत महोत्सवको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम पश्चात देउसी भैलो प्रतियोगिता गरिने छ । त्यस्तै दोस्रो दिन लोकल व्याण्डको प्रस्तुती रहनेछ भने तेस्रो दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पनि संघले जनाएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक खाना महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।