देवदह । रुपन्देहीको देवदहमा छोटा हात्ती गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब २ः२० बजे देवदह नगरपालिका–७ स्थित देवदह प्रहरी चौकी नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ९७५ नम्बरको छोटा हात्ती गाडी र विपरीत दिशाबाट आउँदै गरेको लु ३९ प ५२४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको खैरेनी प्रहरी चौकीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–६ मैत्रीपथ निवासी ५३ वर्षीय बिन्दुसागर गिरी घाइते भएका छन् । उनको दायाँ हात र खुट्टामा चोट लागेको छ । प्रहरीले उनको अवस्था मध्यम रहेको जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार कैलालीको धनगढी उपमहानगरपालिका–८ निवासी ४० वर्षीया सुस्मिता गिरी पनि सामान्य घाइते भएकी छन् ।
घाइते दुवैलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पठाइएको छ । दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र छोटा हात्तीका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology