काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३६५० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology