Logo

२०८३, कार्तिक १६गते


images
images

शाहरुखको फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोडमा बिक्री

शाहरुखको फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोडमा बिक्री

images
  • शाहरुखको फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोडमा बिक्री
    images
    images

    काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ ।

    images
    images
    images

    भारतीय सञ्चारमाध्यम पिंकभिल्लाका अनुसार फार्स फिल्म्सले उक्त अधिकार खरिद गरेको हो । यसलाई भारतीय चलचित्र इतिहासकै सबैभन्दा ठूलो विदेशी प्रदर्शन अधिकार सम्झौता बताइएको छ ।

    images
    images
    images

    सम्झौताअनुसार फिल्मले लगानी उठाउन अन्तर्राष्ट्रिय बजारमा मात्रै ३५० देखि ३७५ करोड भारतीय रुपैयाँ कमाउनुपर्नेछ । यसअघि कुनै पनि भारतीय फिल्मको विदेश प्रदर्शन अधिकार १०० करोड रुपैयाँसम्म पुगेको थिएन ।

    images
    images
    images

    सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपुर र अरशद वारसीको अभिनय रहनेछ। यस फिल्मबाट सुहाना खानले ठूलो पर्दामा पदार्पण गर्नेछिन्।

    फिल्म आगामी क्रिसमसमा प्रदर्शन गर्ने तयारी छ । शाहरुख यसमा नयाँ अवतारमा देखिनेछन् भने अभिषेक बच्चन खलनायकको भूमिकामा रहने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अभिनेता शाहरुख खान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।