Logo

२०८३, कार्तिक १५गते


images
images

देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

images
  • देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
    images
    images

    देवदह । देवदहमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र भुपु सैनिक कल्याणकारी परिवार देवदहको आयोजनामा हुन लागेको प्रतियोगिताको शनिबार देवदह उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गरेको हुन् ।

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख गुरुङले खेलकुदको मुख्य उद्देश्य दक्ष खेलाडी उत्पादन गर्नु र उनीहरूलाई प्रोत्साहन दिनु रहेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले सधैँ सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट ५८ टोलीको सहभागिता रहेको प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने संस्थाका अध्यक्ष बिनोद कुमार गुरुङले जानकारी दिए ।

    images
    images
    images

    ४५ देखि ५५ बर्ष (भेट्रान्स)  र ५५ बर्ष भन्दा माथि (सुपर भेट्रान्स) गरी दुई समुहमा प्रतियोगिता सञ्चालन हुनेछ ।

    भेट्रान्स तर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार र सान्त्वना हुने दुई जोडीले ७५ -७५ सय पुरस्कार प्राप्त गर्नेछन् ।

    त्यस्तै सुपर भेट्रान्स् तर्फ प्रथम हुनेले १५ हजार, द्धितिय हुनेले १० हजार र सान्त्वना हुने दुई जोडीले ५ -५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।