Logo

२०८३, कार्तिक १५गते


images
images

समाचार

कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिलाई छुट्टै एजेन्डा बनाउन नेपाल र भुटानको प्रस्ताव

कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिलाई छुट्टै एजेन्डा बनाउन नेपाल र भुटानको प्रस्ताव

images
  • कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिलाई छुट्टै एजेन्डा बनाउन नेपाल र भुटानको प्रस्ताव
    images
    images

    काठमाडौं । नेपाल र भुटानले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा हिमाली क्षेत्रको तापक्रम वृद्धिसम्बन्धी विषयलाई छुट्टै एजेन्डाका रूपमा समावेश गर्न संयुक्त प्रस्ताव अघि सारेका छन् ।

    images
    images
    images

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै देशका तर्फबाट ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको प्रस्ताव पेस गरेकी हुन् । प्रस्तावमा बढ्दो तापक्रमका कारण हिमनदी पग्लिने, पानीको असुरक्षा बढ्ने तथा चरम मौसमी घटनाबाट हिमाली समुदाय र पारिस्थितिक प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम औँल्याइएको छ ।

    images
    images
    images

    नेपाल र भुटानले हिमाली क्षेत्रमा तापक्रम वृद्धिको वैज्ञानिक अध्ययनलाई प्राथमिकता दिन, हिमाल र जलवायु परिवर्तनसम्बन्धी वार्षिक उच्चस्तरीय संवाद आयोजना गर्न तथा हिमाली पारिस्थितिक प्रणालीसम्बन्धी कार्ययोजना निर्माण गर्न प्रस्ताव गरेका छन् । जलवायु अनुकूलन, वित्तीय सहयोग र क्षति तथा नोक्सानीसम्बन्धी निर्णयमा हिमाली क्षेत्रका प्राथमिकता समावेश गर्न पनि माग गरिएको छ ।

    images
    images
    images

    प्रस्तावमा सन् २०२६ को भोटेकोशी बाढीबाट करिब दुई अर्ब ७० करोड अमेरिकी डलर बराबरको क्षति भएको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान उल्लेख छ ।

    मन्त्री चौधरीले हिमाली क्षेत्रमा उत्पन्न हुने जलवायु जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने बताएकी छन् । हिमाली क्षेत्रबाट बग्ने नदीमा निर्भर दुई अर्बभन्दा बढी मानिसको भविष्यसँग यो विषय जोडिएकाले अन्तर्राष्ट्रिय स्तरमा ठोस निर्णय आवश्यक रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोप–३१
  • # भुटान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।