Logo

२०८३, कार्तिक ११गते


images
images

श्रव्यदृश्य सम्पदा दिवस आज मनाइँदै

श्रव्यदृश्य सम्पदा दिवस आज मनाइँदै

images
  • श्रव्यदृश्य सम्पदा दिवस आज मनाइँदै
    images
    images

    काठमाडौं । श्रव्यदृश्य सम्पदाको संरक्षण र महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आज अक्टोबर २७ मा विश्व श्रव्यदृश्य सम्पदा दिवस मनाइँदैछ । सन् २०२६ का लागि यस दिवसको नारा ‘विश्वतर्फको तपाईंको झ्याल’ रहेको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र श्रव्यदृश्य अभिलेखालयसम्बन्धी संस्थाहरूको समन्वय परिषद्को सहकार्यमा सन् २००५ देखि हरेक वर्ष अक्टोबर २७ मा यो दिवस मनाउन थालिएको हो ।

    images
    images
    images

    यस दिवसले चलचित्र, भिडियो टेप, ध्वनि रेकर्डिङ तथा अन्य श्रव्यदृश्य सामग्रीको संरक्षण, अङ्कीय रूपान्तरण र अभिलेखीकरणको आवश्यकतामाथि जोड दिन्छ । समयसँगै पुराना सामग्री नष्ट हुने, बिग्रिने वा प्रयोगमा रहेका प्रविधि अप्रचलित हुँदा महत्त्वपूर्ण ऐतिहासिक अभिलेख गुम्ने जोखिम बढ्दै गएको छ ।

    images
    images
    images

    यस वर्षको नाराले श्रव्यदृश्य सम्पदाले विभिन्न समाजलाई जोड्न र सांस्कृतिक विविधताबीच साझा समझदारी निर्माण गर्न खेल्ने भूमिकालाई उजागर गरेको छ । यस्ता अभिलेखले समाजको इतिहास, संस्कृति र सामूहिक स्मृतिलाई भावी पुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्छन् ।

    दिवसका अवसरमा विश्वका विभिन्न अभिलेखालय, सङ्ग्रहालय तथा प्रसारण संस्थाले प्रदर्शनी, चलचित्र प्रदर्शन र छलफल कार्यक्रम आयोजना गर्दैछन् । युक्रेनको किएभमा युद्धका कारण जोखिममा परेको श्रव्यदृश्य सम्पदाको संरक्षण र भावी पुस्ताका लागि त्यसको महत्त्वबारे केन्द्रित कार्यक्रमसमेत आयोजना गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रव्यदृश्य सम्पदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।