Logo

२०८३, कार्तिक ८गते


images
images

मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड

मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड

images
  • मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने पोलार्ड
    images
    images

    काठमाडौं । वेस्ट इन्डिजका पूर्व अलराउन्डर काइरन पोलार्ड इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    images
    images
    images

    पाँच पटकको आईपीएल विजेता मुम्बईले शनिबार पोलार्डलाई सन् २०२७ को सिजनका लागि मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको हो । 

    images
    images
    images

    पोलार्डले यसअघि मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गर्दै आएका थिए। उनले महेला जयवर्धनेको स्थान लिनेछन्। जयवर्धनेले मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि मुम्बईले पोलार्डलाई नयाँ जिम्मेवारी दिएको हो । 

    images
    images
    images

    पोलार्ड सन् २०१० देखि मुम्बई इन्डियन्ससँग आबद्ध छन् । उनले टोलीबाट १८९ खेल खेल्दै ३ हजार ४१२ रन बनाउनुका साथै ६९ विकेट लिएका थिए । उनको खेल जीवनमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएल उपाधि जितेको थियो । 

    मुख्य प्रशिक्षक नियुक्त भएपछि पोलार्डले मुम्बई इन्डियन्ससँगको सम्बन्ध आफ्नो खेल जीवनको महत्त्वपूर्ण हिस्सा रहेको बताएका छन् । उनले खेलाडी र प्रशिक्षकका रूपमा प्राप्त अनुभव उपयोग गर्दै टोलीको विरासतलाई अघि बढाउने र नयाँ प्रतिभालाई विकास गर्ने बताएका छन् । 

    मुम्बई इन्डियन्सले पछिल्लो पटक सन् २०२० मा आईपीएल उपाधि जितेको थियो । सन् २०२७ को सिजनमा टोलीलाई पुनः उपाधि दिलाउने जिम्मेवारी अब पोलार्डको काँधमा हुनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुम्बई इन्डियन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।