Logo

२०८३, कार्तिक ६गते


images
images

जियो प्लेटफर्म्सको भारतकै सबैभन्दा ठूलो आइपिओ आजदेखि खुल्दै

जियो प्लेटफर्म्सको भारतकै सबैभन्दा ठूलो आइपिओ आजदेखि खुल्दै

images
  • जियो प्लेटफर्म्सको भारतकै सबैभन्दा ठूलो आइपिओ आजदेखि खुल्दै
    images
    images

    काठमाडौँ । भारतको जियो प्लेटफर्म्स लिमिटेडले आज (अक्टोबर २१) देखि हालसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाउँदै छ ।

    images
    images
    images

    यसमार्फत कम्पनीले ३० हजार १८८ करोड भारतीय रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। निष्कासनमा अक्टोबर २३ सम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारतीय रुपैयाँ मूल्य तोकेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १२ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम मूल्यका आधारमा न्यूनतम १३ हजार ४२८ भारतीय रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।

    images
    images
    images

    ग्रे मार्केटमा देखिएको मूल्यका आधारमा कम्पनीको सेयर सूचीकृत हुँदा करिब २२ प्रतिशतसम्म प्रतिफल प्राप्त हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, ग्रे मार्केटको मूल्य अनौपचारिक हुने भएकाले वास्तविक सूचीकृत मूल्य फरक पर्न सक्छ र प्रतिफल सुनिश्चित हुँदैन ।

    images
    images
    images

    कम्पनीले कर्मचारीका लागि ५०० करोड भारतीय रुपैयाँसम्म र रिलायन्स इन्डस्ट्रिजका योग्य सेयरधनीका लागि २ हजार ५०० करोड रुपैयाँसम्मका सेयर छुट्याएको छ। कर्मचारीले प्रतिकित्ता ५४ भारतीय रुपैयाँ छुटसमेत पाउनेछन् ।

    कुल निष्कासनमध्ये ५० प्रतिशत योग्य संस्थागत लगानीकर्ता, १५ प्रतिशत गैरसंस्थागत लगानीकर्ता र ३५ प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

    आईपीओबाट प्राप्त रकम रिलायन्स जियो इन्फोकम लिमिटेडको ऋण भुक्तानी तथा सामान्य व्यावसायिक प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ। निष्कासनपछि प्रवर्द्धक समूहको सेयर स्वामित्व ६६.४३ प्रतिशतबाट घटेर ६४.४८ प्रतिशतमा झर्नेछ ।

    यसअघि सन् २०२४ मा हुन्डाई मोटर इन्डियाले २७ हजार ८५८ करोड भारतीय रुपैयाँको आईपीओ ल्याएको थियो। जियोको निष्कासन त्यसलाई उछिन्दै भारतकै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ।

    जियो प्लेटफर्म्स भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। सन् २०२६ जुन ३० सम्म कम्पनीका कुल ग्राहक ५३ करोड ३० लाख पुगेका थिए। तीमध्ये २८ करोड ४९ लाख ग्राहक पाँचौँ पुस्ताको दूरसञ्चार सेवा प्रयोग गर्ने रहेका छन् ।

    कम्पनीले आईपीओ खुल्नुअघि २१२ संस्थागत लगानीकर्ताबाट ८ हजार ११० करोड भारतीय रुपैयाँ जुटाएको जनाएको छ। भारतीय धितोपत्र तथा विनिमय बोर्डबाट अगस्टमा आवश्यक स्वीकृति पाएपछि कम्पनीले अक्टोबर १४ मा निष्कासनसम्बन्धी विवरणपत्र दर्ता गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जियो प्लेटफर्म्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।