Logo

२०८३, कार्तिक ५गते


images
images

ओमानलाई हराउदै नेपालले जोगायो एकदिवसीय मान्यता

ओमानलाई हराउदै नेपालले जोगायो एकदिवसीय मान्यता

images
  • ओमानलाई हराउदै नेपालले जोगायो एकदिवसीय मान्यता
    images
    images

    काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा ओमानलाई १० रनले पराजित गरेर छैठौ स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाएको छ ।

    images
    images
    images

    नेपालले दिएको २८१ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको हो ।

    images
    images
    images

    ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८९ रन बनाएका थिए भने हम्माद मिर्जाले ८७ रन बनाएका थिए । त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले २-२ विकेट लिएका थिए ।    त्यस्तै नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २८० रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्बाधिक ८० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ६९, देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन बनाएका थिए ।

    यो जितपछि नेपालको ३६ खेलमा ३० अंक हासिल गर्दै छैठौं स्थान सुरक्षित गरेको छ । त्यसैगरी ओमान भने ३२ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।