Logo

२०८३, कार्तिक १गते


images
images

काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो बाइक एम्बुलेन्स सेवा

काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो बाइक एम्बुलेन्स सेवा

images
  • काठमाडौँ महानगरपालिकाले सुरु गर्‍यो बाइक एम्बुलेन्स सेवा
    images
    images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले जोखिममा रहेका बिरामीसम्म छिटो पुगेर प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ ।

    images
    images
    images

    महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आज काठमाडौँ प्लाजाबाट सेवा प्रारम्भ गर्दै बाइक एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गरेकी हुन् ।

    images
    images
    images

    सेवा प्रारम्भका क्रममा कार्यवाहक प्रमुख डंगोलले चारपाङ्ग्रे एम्बुलेन्स ट्राफिक जामका कारण समयमै घटनास्थलमा पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर बाइक एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइन् ।

    images
    images
    images

    ‘एम्बुलेन्स भन्नेबित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारीसाधन भन्ने बुझिन्छ । तर, हामीले जोखिममा रहेका बिरामी भएको ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मी पुर्‍याउन यो सेवा थालेका हौँ,’ उनले भनिन् ।

    उनका अनुसार जीवन बचाउन महत्त्वपूर्ण मानिने ‘गोल्डेन आवर’ अर्थात् सुरुवाती केही मिनेटभित्रै बिरामीसम्म दक्ष स्वास्थ्यकर्मी पुर्‍याउन सके ज्यान जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    बाइक एम्बुलेन्समा खटिने आकस्मिक स्वास्थ्यकर्मीको टोलीले चारपाङ्ग्रे एम्बुलेन्स घटनास्थलमा पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्नेछ। साथै, बिरामीको अवस्था थप बिग्रिन नदिन आवश्यक उपचार उपलब्ध गराउनेछ ।

    त्यसपछि चारपाङ्ग्रे एम्बुलेन्स पुगेपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाइक एम्बुलेन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।