देवदह । देवदह–५ खैरेनीस्थित बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षक कर्मचारीबीच शुभकामना आदानप्रदान गरेको छ ।
संस्कार र संस्कृतिको संरक्षण गर्दै पुर्खाको सांस्कृतिक विरासत नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कक्षा १ देखि १२ सम्मका विद्यार्थीको सहभागितामा दसैं विशेष कार्यक्रम गरिएको प्रिन्सिपल कृष्ण प्रसाद गैरेले बताए ।
कार्यक्रममा विद्यार्थीलाई टीका, जमरा, दक्षिणा र शुभकामना पत्र प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थीलाई विद्यालयको त्रैमासिक पत्रिका ‘बुद्ध पब्लिक बालदर्पण’ समेत वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजन तथा माध्यमिक तहका इन्चार्ज मुक्तिलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कक्षा ११ र १२ का इन्चार्ज अन्नतराम भण्डारीले गरेका थिए ।
कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङलगायत शिक्षकशिक्षिकाले पनि शुभकामना व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology