Logo

२०८३, आश्विन २९गते


images
images

चलचित्र 'श्रीमान् श्रीमती' को छायांकन सकेका निर्देशक दीपेन्द्र के भन्छन् ?

चलचित्र 'श्रीमान् श्रीमती' को छायांकन सकेका निर्देशक दीपेन्द्र के भन्छन् ?

images
  • चलचित्र 'श्रीमान् श्रीमती' को छायांकन सकेका निर्देशक दीपेन्द्र के भन्छन् ?
    images
    images

    काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सकिएको छ । तीन हप्तामा चलचित्रको छायांकन सकिएको हो ।

    images
    images
    images

    काठमाडौंका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको थियो । सिनेमाको गीतको समेत छायांकन सकिसकेको छ ।

    images
    images
    images

    ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा बनेको चलचित्र हो । चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् ।

    images
    images
    images

    पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । यस्तै सिनेमामा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ ।

    यस चलचित्रको लेखन पनि निर्देशक खनाल स्वयंले गरेका छन् । चलचित्रको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छायाकार कृष्ण बा. थापा हुन् ।

    गम्भीर कथावस्तु उठान गर्ने निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालले चलचित्र ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक हुने बताए ।

    “नेपाली दर्शकले अहिले मन पराउने र टेस्टमा सिनेमा बनेको छ,” उनले भने, “यद्यपि, दर्शकले मन पराइरहेको कथा भनेर हामी बजारमुखी भएर सिनेमा बनाएका छैनौँ, इमान्दार भएर सिनेमा बनाएका छौँ ।” आम नेपालीको घरमा दिनदिनै घट्ने घटनाक्रममा सिनेमा बनेकाले दर्शकको रोजाइमा चलचित्र पर्ने उनको विश्वास छ । श्रीमान् र श्रीमतीको सम्बन्धका उतारचढाव सिनेमाको मुख्य कथा रहेको उनले प्रस्ट पारे ।

    निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।