काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, आर्सनल, एट्लेटिको मड्रिड, स्पोर्टिङ सिपी, आरबी लाइपजिग र भिल्लारियलले जित निकालेका छन् । त्यस्तै क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले पराजित गरेको छ भने बायर्न म्युनिख र भाइकिङले ३–३ गोलको बराबरी खेलेका छन् ।
बार्सिलोनाले गालातासारेलाई ४–१ गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि जोआओ कान्सेलो, फर्मिन लोपेज, एन्थोनी गोर्डन र करिम अदेयेमीले गोल गरेका छन् । त्यस्तै, गालातासारेका लागि अलेक्से बाट्राकोभले एक गोल फर्काएका थिए ।
त्यस्तै, क्लब ब्रुगेसले इन्टर मिलानलाई ४–३ गोलले हराएको छ । इन्टरका लागि लाउटारो मार्टिनेजले दुई तथा एन्जे-योआन बोनीले एक गोल गरेका छन् । क्लब ब्रुगेसका निकोलो ट्रेसोल्डीले तीन तथा रोमियो भर्मान्टले एक गोल गरेका छन् ।
त्यसैगरी, आर्सनलले लिललाई ३–० गोलले पराजित गरेको छ । आर्सनलका जुरीएन टिम्बर, एबेरेची एजे र बुकायो साकाले एक–एक गोल गरेका छन् । त्यस्तै, एट्लेटिको म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ । एट्लेटिकोका लागि पाब्लो बारियोस र एडेमोला लुकम्यानले गोल गरेका थिए । अर्को खेलमा बायर्न म्युनिख र भाइकिङबीचको खेल ३–३ गोलको बराबरीमा रोकिएका छन् । बायर्नका लागि ह्यारी केनले दुई तथा लुइस डियाजले एक गोल गरेका थिए । भाइकिङका लागि गियानी स्टेन्सनेस, क्रिस्टियनसेन र जोहान हाउगेनले गोल गरेका थिए ।
त्यस्तै, भिल्लारियलले नापोलीलाई ३–१ गोलले पराजित गरेको छ । भिल्लारियलका लागि जर्जेस मिकाउताद्जे, सान्टियागो मौरिनो र तानितोलुवा ओलुसेयीले गोल गरेका थिए भने नापोलीका अमिर रहमानीले एक गोल फर्काएका थिए ।
त्यसैगरी आरबी लाइपजिगले पीएसभी आइन्डहोभनलाई १–० गोलले पराजित गरेको छ । लाइपजिगका ब्रायन ग्रुडाले निर्णायक गोल गरेका थिए । त्यस्तै, स्पोर्टिङ सिपीले लेन्सलाई २–० गोलले हराएको छ । स्पोर्टिङका लागि लुइस स्वारेज र इस्सा डुम्बियाले गोल गरेका छन् । त्यस्तै, सबाहले स्लाभिया प्रागलाई २–० गोलले पराजित गरेको छ । सबाहका काहिम पेरिस र जोय-लान्स मिकेल्सले गोल गरेका थिए ।
दोस्रो चरणका बाँकी खेल आजराती हुने तालिका छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology