काठमाडौं । पत्रकारिता सम्बन्धि १० महिने तालिम हुनेभएको छ । पत्रकारीता सम्बन्धि १० महिने तालिमको ३८औँ समूहको कार्यक्रम एनपीआईले सञ्चालन गर्न लागेको हो।
तालिमका लागि असार १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ । तालिमका लागि २५ हजार शुल्क लाग्ने नेपाल प्रेस इन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले जानकारी दिए।
तालिम अन्तरगत पहिलो ६ महिना सघन तालिम हुनेछ। तालिम बिहान ७.३० देखि ९.३० सम्म दुई घण्टा, हप्तामा पाँच दिन हुने छ। यस्तै बाँकी चार मिडिया हाउसमा आवद्ध गराएर प्रयोगात्मक अभ्यास गराइने काफ्लेले जानकारी दिए।
तालिमका सहभागीले नेपाली र अंग्रेजी दुवै भाषामा लिन पाउने छन्। तालिमका लागि न्यूनतम १२ कक्षा उत्तीर्ण वा सो बराबरको शैक्षिक योग्यता भएकोले भाग लिन पाउनेछन्। तालिमका लागि टेलिफोनबाटै अन्तरवार्ता दिन सकिने छ।
अन्तर्वार्तामा उत्तीर्ण भएका निवेदकलाई एनपीआईले बैंक खाता नम्बर उपलव्ध गराउने र शुरुमा कम्तीमा दश हजार रुपैया जम्मा गर्नुपर्ने छ।
१६ असारदेखि तालिम सञ्चालन हुने एनपीआईले जनाएको छ।
२०४२ सालदेखि पत्रकारिताका तालिम अनुसन्धानका काम गर्दै आएको यो संस्थाका बिराटनगर र नेपालगञ्जमा पनि क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालनमा छन्। यसले नेपालगञ्जमा भेरी एफ एम नामको रेडियो पनि चलाउँदै आएको छ।
हालसम्म करिब ५ हजार पत्रकारलाई विभिन्न प्रकारका तालिममा सहभागि गराएको जनाइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology