Logo

२०८३, आश्विन २५गते


images
images

भारतीय युट्युबर ध्रुव राठीसहित ककरोचका नेताहरु रिहा

भारतीय युट्युबर ध्रुव राठीसहित ककरोचका नेताहरु रिहा

images
  • भारतीय युट्युबर ध्रुव राठीसहित ककरोचका नेताहरु रिहा
    images
    images

    काठमाडौँ । भारतका चर्चित युट्युबर ध्रुव राठीलाई दिल्लीमा प्रस्तावित प्रदर्शनअघि नियन्त्रणमा लिइएकोमा राति रिहा गरिएको छ ।

    images
    images
    images

    दिल्ली प्रहरीले प्रतिबन्धात्मक आदेश उल्लङ्घन गर्दै जन्तरमन्तर जाने प्रयास गरे फेरि नियन्त्रणमा लिन सकिने चेतावनी दिएको छ । दिल्ली प्रहरीले हरियाणाको गुरुग्रामस्थित सेक्टर–५६ मा रहेको निवासबाट राठीलाई नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    ककरोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । मतदाता सूचीको विशेष सघन पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै पार्टीले प्रदर्शन आह्वान गरेको हो ।

    images
    images
    images

    प्रदर्शनमा सहभागी हुन खोजेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, केरलका मुख्यमन्त्री पिनराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारसहित विपक्षी दलका नेताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    यसैबीच, पार्टीका संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई दिल्ली क्यान्टस्थित कार्यकारी मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । अदालतले जनही ५० हजार रुपैयाँको मुचलका र एक वर्षसम्म शान्ति कायम राख्ने सर्तमा रिहा गर्न आदेश दिएको छ ।

    प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    यसैबीच, प्रदर्शनमा सहभागी हुन प्रहरीको जागिरबाट राजीनामा दिएको दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा फैलिएको छ । दिल्ली प्रहरीले आफ्नो अभिलेखमा भिडियोमा उल्लेख गरिएअनुसारका प्रहरी सहायक निरीक्षक नभेटिएको भन्दै उक्त दाबी भ्रामक रहेको जनाएको छ । प्रहरीले अपुष्ट सूचना फैलाउनबाट बच्न र आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

    समाचारअनुसार, प्रदर्शनका क्रममा हालसम्म सात हजारभन्दा बढी मानिसलाई नियन्त्रणमा लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।