Logo

२०८३, आश्विन २३गते


images
images

अन्तर्राष्ट्रिय

अमेजनले विश्वभरबाट एक हजारभन्दाबढी कर्मचारी कटौती

अमेजनले विश्वभरबाट एक हजारभन्दाबढी कर्मचारी कटौती

images
  • अमेजनले विश्वभरबाट एक हजारभन्दाबढी कर्मचारी कटौती
    images
    images

    काठमाडौं । विश्वको प्रमुख प्रविधि तथा विद्युतीय व्यापार कम्पनी अमेजनले पुनः कर्मचारी कटौती थालेको छ । रोयटर्सका अनुसार कम्पनीले अमेरिका, भारत र बेलायतमा कार्यरत १ हजारभन्दा कम कार्यालय तहका कर्मचारीलाई रोजगारीबाट हटाएको छ ।

    images
    images
    images

    कम्पनीको मुख्य विद्युतीय व्यापार सञ्चालन हेर्ने ‘स्टोर्स’ विभागअन्तर्गत ग्राहक सेवा र बिक्री साझेदार सेवामा कार्यरत कर्मचारी बढी प्रभावित भएका छन् । कम्पनीले आफ्नो संरचनालाई प्राथमिकताअनुकूल बनाउन केही भूमिकामा परिवर्तन गरिएको जनाएको छ ।

    images
    images
    images

    यसअघि सन् २०२५ को अक्टोबरदेखि सन् २०२६ को जनवरीसम्म अमेजनले करिब ३० हजार कार्यालय तहका रोजगारी कटौती गरेको थियो । नयाँ कटौतीले विश्वव्यापी प्रविधि क्षेत्रमा कम्पनीहरूको पुनर्संरचना प्रक्रिया अझै जारी रहेको देखाएको छ ।

    images
    images
    images

    अमेजनले रोजगारी कटौतीबाट प्रभावित कर्मचारीलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेजन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।