Logo

२०८३, आश्विन २३गते


images
images

कला साहित्य

पशुपति शर्मा लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित

पशुपति शर्मा लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित

images
  • पशुपति शर्मा लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध निर्वाचित
    images
    images

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

    images
    images
    images

    निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई पनि निर्विरोध निर्वाचित भएका छन् ।

    images
    images
    images

    अध्यक्षसहित केही पदमा निर्विरोध चयन भइसके पनि प्रतिष्ठानको बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार प्रतिस्पर्धा हुने पदमा मतदानमार्फत नेतृत्व चयन गरिनेछ ।

    images
    images
    images

    शर्मा यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत थिए । नेपाली लोकसंगीतमा लामो समयदेखि सक्रिय उनी मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतका कारण परिचित छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।