ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ बैशाख २६ गते आइतबार । तदनुसार ९ मे २०२१ । श्री सूर्यदेवको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
पञ्चाङ्ग:
वि.सं. वैशाख २६, २०७८ । ई.सं. 09 May, 2021 । उत्तरायण । वसन्त । आइतवार । तिथि - त्रयोदशी, २०:११:५४ बजे उप्रान्त चतुर्दशी । नक्षत्र - रेवती, १६:२८ बजे उप्रान्त अश्विनी । योग - प्रीती, २१:४७ बजे उप्रान्त आयुष्मान । करण - गर ०७:२७ बजेदेखि वणिज, २०:११ बजे उप्रान्त भद्रा । चन्द्रराशि - मीन । आनन्दादि योग - धाता । दिनमान ३३ घडी ०९ पला । सूर्योदय ०५:१८ । सूर्यास्त १८:४२ । कानुन दिवस ।
आजको राशिफल :
मेष (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । मानसिक तथा शारीरिक समस्याले सताउने छ । काममा बाधा व्यवधन आउने छ । कुरा काट्नेहरु प्रसस्त भेटिनाले अपयश मात्र हात लाग्नेछ । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । अध्ययनमा मन जाने छैन ।
बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । यात्रा तथा धनलाभ हुने दिन रहेको छ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
कर्मको फल प्राप्त हुनेछ । आज कुनै नयाँ कामको थालनि हुनेछ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । आज ऐश्वर्य प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ। तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । परिवार तथा सन्तानबाट सहयोग प्राप्त हुनेछ । अध्ययनमा रुचि वढनेछ । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खान पानमा विशेष सतर्कता अपनाउनु होला । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छैन ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । आज खर्चमा वृद्धि हुनेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
मान-प्रतिष्ठा बढ्ने योग छ । धनलाभ हुने दिन छ । मीठो कुरा खानपाईने दिन रहेको छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आम्दानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
श्रीवृद्धि तथा यश प्राप्त हुनेछ । विपरीत लिंगीसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । शत्रु सरास्त हुनेछन् । विद्यार्थीका लागि अध्ययन क्षेत्र फलदायी रहेका छन् ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । धनक्षय(अपव्यय) हुनेछ मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुनेछैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुनेछैन ।
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
मन अस्थिर रहनेछ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । काममा सफलता मिल्ने छैन । परिवारका सदस्यहरुसंग मतभेद हुन सक्ने योग छ । अनावश्यक खर्चमा वृद्धि हुनेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहनेछ ।
मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
धन आर्जनगर्ने अवसर मिल्नेछ । मित्रहरुको साथ र सहयोग प्राप्त हुनेछ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । शरीरमा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । आँखाको समस्याले सताउनेछ । खानपानमा ख्याल गर्नुहोला ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मनमा सुखको अनुभुति हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । स्वादिष्ट भोजन तथा उपहार प्राप्त हुने योग रहेको छ । अन्नलाभ हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । स्वास्थ्य राम्रो रहने छ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology