काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भए पनि मन्त्रिमण्डल हेरफेरका कारण बैठक आजका लागि तय गरिएको हो।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री जर्नादन शर्माको विषयमा पनि छलफल हुँदैछ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई समेत संलग्न गराएको र सिसीटीभी फुटेजसमेत गायब गराएको भनेर विवादित बनेका शर्मालाई प्रधानमन्त्रीले बिफ्रिङ गरेर स्पष्टीकरण सोध्ने तयारी छ।
विवादित बनेका मन्त्री शर्माको राजिनामाको माग गरिएको छ। सत्ता गठबन्धनमा आवद्ध दलले समेत उनको राजिनामा मागेपछि प्रधानमन्त्री दबाबमा परेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारको संसद बैठकमा चर्को आलोचना गर्दै राजीनामा माग गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology