Logo

२०८३, आश्विन ११गते


images
images

पहाडबाट ढुंगा खस्दा वडा कार्यालयमा दुईतिर प्वाल

पहाडबाट ढुंगा खस्दा वडा कार्यालयमा दुईतिर प्वाल

images
  • पहाडबाट ढुंगा खस्दा वडा कार्यालयमा दुईतिर प्वाल
    images
    images

    रूकुम । रूकुम पूर्वको सिस्ने गाउँपालिका-३ मा पहाडबाट खसेको एउटा अजंगको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पारिदिएको छ।

    images
    images
    images

    सोमबार बिहान झिमा सामुदायिक बनको पहाडबाट खसेको ढुंगाले वडा कार्यालयको गेट भत्काएर बैठक कक्षका दुइटा भित्ता पनि फोडेर बाहिर निस्किएको हो।

    images
    images
    images

    वडाध्यक्ष हेराम खड्काले सोमबार बिहान पौने पाँच बजेतिर ढुंगा खसेको बताए।

    images
    images
    images

    ‘अकल्पनीय घटना भयो । धन्न बिहानको समय भएकाले कार्यालयमा कोही हुनुहुन्थेन,’ खड्काले भने,‘नत्र त ठूलो मानवीय क्षति हुने रहेछ । यत्रो भयंकर ढुंगा कसरी आयो भनेर हामी पनि अचम्ममा परेका छौं ।’

    वडा कार्यालयनजिकै एकातिर विद्यालय र अर्कातिर बस्ती छ। ‘धन्न ढुंगा घरतिर आएन,’ खड्काले भने।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रूकुम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।