गुल्मी । गुल्मीमा तिनवटा गाउँपालिकाले विद्युतिय भुक्तानीकाे सुरुवात गरेका छन् । गुल्मीदरबार गाउँपालिका, ईस्मा गाउँपालिका र मालिका गाउँपालिकाले पहिलोपटक विद्युतीय भुक्तानीकाे सुरुवात गरेका हुन । आइतबार गुल्मीदरबार गाउँपालिका र ईस्मा गाउँपालिका र आज साेमबार देखि मालिका गाउँपालिकाले पनि सुरुवात गरेकाे हाे ।गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिकाे प्रयाेग गर्दै विद्युतीय भुक्तानीकाे सुरुवात गरेको गुल्मीदरबार गाउँपालिकाका लेखा अधिकृत भबिष्य अर्यालले जानकारी दिए ।
गाउँपालिकाले सुरुवात गरेको EFT (Electronic Fund Transfer) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीमा उत्साह थप्ने मालिका गाउँपालिका लेखा अधिकृत राम कुमार केसिले बताए । गाउँपालिकाबाट सुरुवात भएको विद्युतीय भुक्तानीले गर्दा आम सेवाग्राहीलाई निकै फाइदा पुग्ने गाउँपालिकाले जनाएको छ ।
इस्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनिस्वर पाैड्यालले विद्युतीय भुक्तानीले गर्दा सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने र समयको बचत समेत हुने बताए । गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो, सहज, मितव्ययी र पारदर्शी हुने गाउँपालिकाले अपेक्षा लिएकाे गुल्मीदरबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पाण्डेकाे भनाइ छ ।
अब सेवा लिने सेवाग्राहीले अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेककाे म्याद सकिने र पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology