रुपन्देही । नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट यकबहादुर सुनार सभापतिमा विजयी भएका छन् ।
कुल ८१५ मत गणना हुँदा सुनारले ५१६ मत प्राप्त गर्दै सभापति निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बैजनाथ साहनीले २७३ मत प्राप्त गरे ।
सचिवमा नेमराज न्यौपाने ‘राजेन्द्र’ ४३६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिनमणि पंगेनीले ३१९ मत ल्याए ।
सहसचिवमा गणेशप्रसाद तिमिल्सिना ३२६ मतसहित विजयी भए । निरञ्जननाथ योगीले २५७ र महेन्द्र पोखरेलले १६४ मत प्राप्त गरे ।
खस आर्यतर्फ सदस्यमा चमकान्त गौडेल ३७६ मतसहित विजयी भए । लेखनाथ पराजुलीले ३४५ मत प्राप्त गरे ।
प्रदेश क्षेत्र नम्बर १ ‘क’ खुल्लातर्फ खडकबहादुर सारु ४१६ र जितेन्द्रप्रसाद भर ३२७ मतसहित विजयी भए । नारदप्रसाद निषादको २५१ र मुमेश्वर पन्थको ३०१ मत रह्यो ।
खुल्ला सदस्यतर्फ राधाकृष्ण न्यौपाने ४२१, लालमन यादव ३८० र विष्णुप्रसाद रेग्मी ३२३ मतसहित विजयी भएका छन् । अजिल मोहब्बत गद्दीले २९२, भगवतीप्रसाद केवटले २४० र शिवराम भण्डारीले २८२ मत ल्याए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology