रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर क्षेत्रीय अधिवेशन चलिरहेका बेला रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पनि क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको लागि मतदान भएको छ ।
क्षेत्र नम्बर १ मा सभापति, सचिव, महिला सहसचिव र सहसचिव पदका लागि उम्मेदवारी परेको छ ।
सभापति पदमा यकबहादुर सुनार र बैजनाथ साहनी प्रतिस्पर्धामा छन् ।
सचिव पदमा दिनमणि पंगेनी, नेमराज न्यौपाने ‘राजेन्द्र’ र राजकुमार यादव उम्मेदवार छन् । महिला सहसचिवमा कल्पना अर्याल, गीता बस्नेत र सरस्वती गैरे तथा सहसचिवमा गणेशप्रसाद तिमिल्सिना, निरञ्जननाथ योगी, महेन्द्र पोखरेल र मोहम्मद रजा पठानले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधि तर्फ ८१ जना को मनोनयन दर्ता भएको छ । विभिन्न क्लस्टरबाट जम्मा ३३ जना महाधिवेशन निर्वाचित हुनुपर्नेमा केहि क्लस्टरबाट ८ जना निर्विरोध निर्वाचित भएको र थप २५ जना चुनावी प्रक्रियामा रहेको कार्यक्रमस्थलबाट संचारकर्मी मिन रानाले जनाकारी दिए ।
क्षेत्रीय प्रतिनिधि मतदाता संख्या ८६६ रहेको रूपन्देही क्षेत्र नम्बर १ मा ८१५ मत खसेको जनाइएको छ । केहीबेरमा मतगणना सुरु हुने पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology