Logo

२०८३, आश्विन १७गते


images
images

अन्तर्राष्ट्रिय

पाइलटबीच आकाशमै झगडा, तेल अभिवको उडान साउदीमा अवतरण

पाइलटबीच आकाशमै झगडा, तेल अभिवको उडान साउदीमा अवतरण

images
  • पाइलटबीच आकाशमै झगडा, तेल अभिवको उडान साउदीमा अवतरण
    images
    images

    काठमाडौँ । उडिरहेको विमानमा पाइलटबीच झगडा भएपछि दुबईबाट इजरायलको तेल अभिवतर्फ जाँदै गरेको फ्लाईदुबईको एउटा विमान बुधबार बिहान साउदी अरबको उत्तरपश्चिमको ताबुक विमानस्थलमा अवतरण गरेको गराइएको थियो ।  

    images
    images
    images

    अचानक निर्धारित मार्गबाट भड्किएपछि विमानको सुरक्षालाई लिएर दुई देशमा चिन्ता बढेको थियो । १८० जना इजरायली यात्रु सवार रहेको विमानमा रहेका दुई पाइलटबीच विवाद भएपछि विमान निर्धारित गन्तव्य तेल अभिवतर्फ जानुको सट्टा साउदी अरबको दिशातर्फ अघि बढेको बताइएको छ ।

    images
    images
    images

    विमानले आफ्नो मार्ग परिवर्तन गरेपछि सुरक्षा निकायमा सम्भावित सुरक्षा घटनाको आशंका बढेको थियो । विमान निर्धारित मार्गबाट हटेपछि तथा आपत्कालीन अवस्थाको सूचना आएपछि विमान अपहरण भएको हुन सक्ने आशंका समेत गरिएको थियो ।

    images
    images
    images

    विमान सुरक्षित अवतरण भएपछि विमान चलाएका दुई पाइलटबीच झडप हुदा विमान गन्तव्यमा नगएको विषय खुलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाइलट
  • # अवतरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।