Logo

२०८३, आश्विन ९गते


images
images

साहित्यकार रेणुका पन्थीकाे खण्डकाब्य 'प्याराे नेपाल' सार्वजनिक  

साहित्यकार रेणुका पन्थीकाे खण्डकाब्य 'प्याराे नेपाल' सार्वजनिक  

images
  • साहित्यकार रेणुका पन्थीकाे खण्डकाब्य 'प्याराे नेपाल' सार्वजनिक  
    images
    images

    काठमाडौं ।  साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य सार्वजनिक भएको छ ।

    images
    images
    images

    नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्तरूपमा शनिबार विमोचन गर्दै सार्वजनिक गरेका हुन् ।

    images
    images
    images

    डा. नेपालले कृतिले देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयभित्र देखिने आशा-निराशा, उतार-चढाव, आलस्य-उत्साह आदि सबैप्रतिको कवि दृष्टिले गर्दा यो काव्य केवल भावनात्मक मात्र नभएर स्पष्ट वैचारिक दृष्टिकोण प्रस्तुत गरेको बताए । डा. ज्ञवालीले देश निर्माणका लागि चेतना निर्माणमा कृति महत्वपूर्ण हुने उल्लेख गरे ।

    images
    images
    images

    गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा संलग्न पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाउँछिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।