Logo

२०८३, कार्तिक २६गते


images
images

चोलेन्द्र प्रक्राउ प्रकरणमा सांसद दुलालको प्रश्न- गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई ?

चोलेन्द्र प्रक्राउ प्रकरणमा सांसद दुलालको प्रश्न- गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई ?

images
  • चोलेन्द्र प्रक्राउ प्रकरणमा सांसद दुलालको प्रश्न- गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई ?
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउबारे सरकारलाई प्रश्न गरेका छन् ।

    images
    images
    images

    सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बिना पक्राउ पुर्जी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पक्राउ गरिएको विषयमा प्रश्न गर्दै गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरेका थिए ।

    images
    images
    images

    उनले भने- 'यो दादागिरीको अन्त्य हुनुपर्छ । के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ ? यो देश हाम्रो पनि हो । सदा सदाको पेवाजस्तो सरकार चलाउन पाइदैन । कतै सरकारी जेनजीकै सुरक्षा थ्रेट त होइन ?  के खाएपछि मध्यरातमा जोस आउँछ, मध्याह्नमा होस आउँछ ?'

    images
    images

    यस घटनाले सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको बताउदै सांसद दुलालले देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकतको बाटोमा भन्ने प्रश्न गरेका छन् ।

    उनले विगतमा पनि पूर्व प्रधानमन्त्रीलाई सरकार बनेको पहिलो दिन नै घर घेराउ गरेर राति पक्राउ गरियो भने अहिले प्रधानसेनापतिलाई पनि त्यसैगरी पक्राउ गरिएको भन्दा जनतालाई जवाफ दिनुपर्ने र संबिधान अनुसार देश चलाउनुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।