Logo

२०८३, आश्विन १८गते


images
images

जर्मनीमाथि ग्रीसको रोमाञ्चक जित

जर्मनीमाथि ग्रीसको रोमाञ्चक जित

images
  • जर्मनीमाथि ग्रीसको रोमाञ्चक जित
    images
    images

    काठमाडौँ । युरोपेली नेसन्स लिगअन्तर्गत समूह ए २ को खेलमा ग्रीसले जर्मनीलाई १–० ले पराजित गरेको छ । ग्रीसले जर्मनीविरुद्ध ११ खेलपछि पहिलोपटक जित हात पारेको हो ।

    images
    images
    images

    आउग्सबर्गमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । जर्मनीले बलमा अधिकांश समय नियन्त्रण राखे पनि ग्रीसको बलियो रक्षापंक्तिलाई तोड्न सकेन ।

    images
    images
    images

    खेलको ७४औँ मिनेटमा दिमित्रिस कोर्बेलिसले गोल गर्दै ग्रीसलाई अग्रता दिलाएका थिए । उनको प्रहार जर्मनीका कप्तान जोसुवा किमिखलाई लागेर दिशानिर्देश परिवर्तन हुँदै गोलमा परिणत भएको थियो ।

    images
    images
    images

    त्यसपछि जर्मनीले बराबरी गोलका लागि लगातार आक्रमण गरे पनि ग्रीसले आफ्नो अग्रता जोगायो र रोमाञ्चक जित हासिल गर्यो । ग्रीसका गोलरक्षक कोन्स्टान्टिनोस जोलाकिसले पनि महत्वपूर्ण बचाउ गर्दै टोलीको जितमा योगदान दिएका थिए । जितसँगै ग्रीसले समूह ए २ मा दुई खेलबाट ६ अंक जोडेको छ । जर्मनी भने दुई खेलबाट १ अंकमै सीमित छ । यो जर्मनीका प्रशिक्षक योर्गेन क्लोपका लागि घरेलु मैदानमा पहिलो खेल थियो । यसअघि नेदरल्यान्ड्ससँग १–१ को बराबरी खेलेको जर्मनीले क्लोपको नेतृत्वमा लगातार दोस्रो खेलमा पनि जित निकाल्न सकेन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोपेली नेसन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।