काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
निसिनस्थित कोरोगी खेलकुद पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछाएको जापानले १९.३ ओभरमा अल आउट हुदै ८१ रन मात्र बनाएको थियो ।
यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
जापानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। अफगानिस्तानले सुरुवातमा केही संयमित ब्याटिङ गरे पनि मोहम्मद अक्रम र करिम जनातको महत्वपूर्ण योगदानमा सम्मानजनक योगफल खडा गरेको थियो ।
यससँगै अफगानिस्तानले समूह ‘ए’ मा महत्वपूर्ण २ अंक जोडेको छ । समूहमा अफगानिस्तान, नेपाल र जापान रहेका छन् । अफगानिस्तानले अब अर्को खेलमा शुक्रबार नेपालसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology