Logo

२०८३, आश्विन ९गते


images
images

राजदुतहरुको सुनुवाई प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको बैठक बस्दै

राजदुतहरुको सुनुवाई प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको बैठक बस्दै

images
  • राजदुतहरुको सुनुवाई प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । समितले आज बैठक बिहान ९: ४५ बजेदेखि शुरु हुने जानकारी दिएको छ । 

    images
    images
    images

    आजको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ ।  

    images
    images
    images

    असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ । त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ । जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

    images
    images
    images

    यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।

    संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।