Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

नतिजामुखी कार्यसम्पादनमा जोडदिदै महिला, बालबालिका मन्त्रालयका सचिव–सहसचिवसँग सम्झौता

नतिजामुखी कार्यसम्पादनमा जोडदिदै महिला, बालबालिका मन्त्रालयका सचिव–सहसचिवसँग सम्झौता

images
  • नतिजामुखी कार्यसम्पादनमा जोडदिदै महिला, बालबालिका मन्त्रालयका सचिव–सहसचिवसँग सम्झौता
    images
    images

    काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि नतिजामुखी र जवाफदेही कार्यसम्पादनमा जोड दिँदै सचिव, सहसचिव तथा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

    images
    images
    images

    मन्त्री सिता बादीको उपस्थितिमा भएको सम्झौतामा मन्त्रालयका वार्षिक नीति, कार्यक्रम तथा लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, तोकिएको जिम्मेवारीअनुसार लक्ष्य हासिल गर्ने र कार्यक्रमलाई समयमै सम्पन्न गर्ने विषय समेटिएको छ ।

    images
    images
    images

    सम्झौताअनुसार मन्त्रालयका सचिव तथा सहसचिवले आफ्नो जिम्मेवारीअनुसार नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य-सचिवले पनि बाल अधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images

    सम्झौताले कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कन, प्रगति र लक्ष्य प्राप्तिको समीक्षा तथा आवश्यक सुधारका कदमलाई प्राथमिकता दिएको छ । यसबाट मन्त्रालयको सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र संस्थागत जवाफदेहिता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार्यसम्पादन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।