काठमाडौँ । जापानको आइची-नागोयामा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली महिला कबड्डी टिमले विजयी शुरुवात गरेको छ ।
मंगलबार बिहान सम्पन्न समुह बी को खेलमा नेपालले थाइल्याण्डलाई ४६-४३ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । यो जितसँगै नेपालले समुह बी मा ३ अंक हासिल गरेको छ ।
नेपालले अब दोस्रो खेल बुधबार चाइनिज ताइपेइ र विहिबार श्रीलंकासँग खेल्ने तालिका छ ।
एशियाली खेलकुदमा खेल्ने नेपाली महिला कबड्डी टिममा मनमती विष्ट (कप्तान), नानुमाया पराजुली, मनिषा जोशी, मेनुका कुमारी राजबंशी, जयन्ति बडु, विनिता पण्डित क्षेत्री, आसमा यादव, मिना नेपाली, रबिना चौधरी, सिर्जना कुमारी थारु, खिममाया खत्री र गङ्गा घिमिरे रहेका छन् ।
एशियाली खेलकुद अन्तर्गत नेपाली पुरुष कबड्डी टिम भने लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल मंगलबार पाकिस्तानसँग ५८-४३ ले पराजित भएको हो । यसअघि नेपाली पुरुष टिम थाइल्याण्डसँग ५९-४८ ले पराजित भएको थियो । नेपाली पुरुष टिमले अब अर्को खेल चाइनिज ताइपेइसँग बुधबार र विहिबार मलेसियासँग खेल्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology