Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य मन्त्रालय जनसेवा प्रवाह गर्ने मन्त्रालय हाे :  स्वास्थ्यमन्त्री थारु

स्वास्थ्य मन्त्रालय जनसेवा प्रवाह गर्ने मन्त्रालय हाे :  स्वास्थ्यमन्त्री थारु

images
  • सेतोमसी सहकर्मी
  • स्वास्थ्य मन्त्रालय जनसेवा प्रवाह गर्ने मन्त्रालय हाे :  स्वास्थ्यमन्त्री थारु
    images
    images

    रिया बस्नेत क्षेत्री, बुटवल । लुम्बिनी प्रदेश सरकारले मानव जिवनलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७९–८० को बजेट मार्फत् स्वास्थ्य क्षेत्रमा केही नयाँ कार्यक्रमहरु अघि सारेकाे छ ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारुले लुम्बिनी प्रदेशकाे दसौँ अधिवेशनको १८ औँ बैठकमा प्रदेश सभामा सांसदहरूले राखेको   जिज्ञासाहरूको जवाफ दिने क्रममा मन्त्री थारुले आफ्नो मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा ४ अर्व ५८ करोड १६ लाख ५९ हजार मन्त्रालयको कुल बजेट रहेकाे बताएका छन । प्रदेशको शिलिङ्ग बाट २ अर्ब ७० कराेड ३६ लाख ६९ हजार रकम मध्ये ९९ करोड २३ लाख रुपैयाँ पुजिगत खर्च तर्फ विनियोजन र बाकी चालू तर्फ भएकाे बताए ।

    images
    images
    images

    लुम्बिनी प्रदेश संसदहरुले स्वास्थ्य क्षेत्रको बजेट माथी साेधिएकाे प्रश्नहरुमाथी जवाफ दिदै स्वास्थ्य मन्त्री थारुले सरकारि अस्पतालकाे सेवामा भएकाे प्रगति विवरणकाे तथ्यांक सार्वजनिक गरेका थिए । उक्त तथ्याङ्कमा 
    संस्थागत सुत्केरी, पुर्ण खाेप र सरकारि मापदण्ड अनुसार निःशुल्क गर्व चेकजाँच, बहिरङ्ग बिभाग, आकस्मिक बिभाग र प्रदेश भरिका १३ वटा अस्पतालहरुमा पनि सेवा प्रवाह क्रमश वृद्धि भएकाे देखिन्छ ।

    images
    images
    images

    त्यस्तै मन्त्री थारुले लुम्बिनी प्रदेशका अस्पतालहरु सुधारिदै गएकाे बिषयलाई मुख्य जाेड दिदैँ अत्याधुनिक प्रबिधिद्धारा चेक जाँच भईरहेकाे हुँदै प्रदेशका माननिय मन्त्री र सासंदहरुलाई पनि सरकारि अस्पतालमा गएर उपाचार गराउन र जनताहरुलाई पनि सरकारि अस्पताल बाटनै सबै सेवा प्रवाह गर्न सकिने सुचना प्रवाह गर्न ध्यानाकर्षण गराए ।

    त्यस्तै सबै चिकित्सकहरु सहर केन्द्रित हुन खाेज्छन यस कारण पहाडि तथा दुर्गम जिल्लाहरुमा चिकित्सक अभाव हुन्छ यस्काे समाधनाकाे लागि प्रदेशका अस्पतालका  चिकित्सकहरुकाे नामावलि संकलन गरेर केही महिना अनिवार्य रुपमा काम गर्नु पर्ने कार्यबिधि बनाएर  चिकित्सक अभाव हुन नदिनकाे लागी बजेट विनियोजन गरिएकाे समेत जनाकारि दिए।

    प्रदेशका जिल्ला अस्पतालहरुमा चिकित्सक तथा दक्षजनशक्ति अभाब भईरहेकाे बिषयलाई जाेड्दै दरबन्दी पुर्ती गर्न दाेस्राे आ.व बाट साताैँ र आठाैँ तहका स्वास्थ्यकर्मीहरुकाे सुचना निकाले पनि केही प्राबिधिक समस्याकाे कारण राेकिएकाे अबस्था रहेकाे बताउदैँ चाैथाे र पाचाैँ तहकाे माग गरेर छिटै स्वीकृत गराएर लाेकसेवा आयाेग मार्फत समस्या समाधान गरिने समेत बताए । साथै अस्पतालले दिने निशुल्क ओैषधि गणस्तहिन भएकाे जिज्ञासालाई जाेड्दै सबै जिल्लाका अस्पतालहरुकाे तथ्यांक र सुचना अनुसार सेवाग्राहिमा राम्राे असर परेकाे र ओैषधीमा पनि गुणस्तरहिन नभए बताए । 

    प्रदेश सरकारको अपेक्षाः प्रसुति महिलाको सुरक्षा’ पाठेघरको मुख र स्तनको क्यान्सर परीक्षणलाई हरेक स्थानीय तहसम्म विस्तार सुत्केरी महिला र नवजात शिशुको पोषण सुधार गर्न ‘निःशुल्क सुत्केरी पोषण आहार’ वितरण कार्यक्रम त्यस्तै प्रदेशका सरकारी तथा सामुदायिक अस्पतालहरूमा निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने व्यवस्था विपन्न नागरिकको क्यान्सर, मुटुको भल्भ फेर्ने र मृगौला प्रत्यारोपण रोगको उपचारमा सहयोग स्वरुप आर्थिक सहुलियत दिईने बताए ।

    साथै प्रदेशका महिला संसदहरुले किशाेरि स्वास्थ्य र महिला प्रजननकाे बिषयमा पनि प्रश्न उठाएका थिए उक्त प्रश्नकाे जवाफ दिदै मन्त्री थारुले साेहि बिषयमा स्थानिय तहहरुका स्वास्थ्य स्वंयमसेविकाहरु सगँ परामर्श तथा जनाकारि साथै महिला प्रजननकाे बिषयमा अध्ययान गर्न अनुराेध समेत गरे । थारु समुदायमा हुने सिकलसेल एनिमिया लगायत रगतजन्य बंशाणुगत रोगको स्क्रिनिङ, रोकथाम तथा उपचारका पनि बजेट विनियोजन गरिएकाे र लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओ.पी.डी. टिकट र जनरल बेड निःशुल्क गर्ने व्यवस्था गरिएको छ।

    लुम्बिनी प्रदेशकाे लक्ष्य र उद्धेश्य अनुसार काम गर्ने कुरामा जाेड दिदै मन्त्री थारुले स्वास्थ्य मन्त्रालय सेवा प्रवाह गर्ने मन्त्रालय भएकाे बताएका कारण मानव स्वास्थ्यलाई मुख्य प्राथमिकता राखेर डक्टर ,नर्सहरुहरुकाे तलब बढि भएकाे कारण जनसेवा प्रवाहकाे लागि डाक्टर नर्सहरुलाई तलव दिए पछि मात्रै सेवा दिने भएकाे पहिलाे प्रथमिकता तलव भएकाेले स्वास्थ क्षेत्रकाे चालू तर्फ धेरै रकम भएकाे बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।