Logo

२०८३, आश्विन १०गते


images
images

मध्य असार : लुम्बिनी प्रदेशका ७० प्रतिशत खेत बाँझै ३० प्रतिशतमा मात्रै रोपाइँ

मध्य असार : लुम्बिनी प्रदेशका ७० प्रतिशत खेत बाँझै ३० प्रतिशतमा मात्रै रोपाइँ

images
  • मध्य असार : लुम्बिनी प्रदेशका ७० प्रतिशत खेत बाँझै ३० प्रतिशतमा मात्रै रोपाइँ
    images
    images

    बुटवल । आज असार १५ अर्थात् धान दिवस मानो रोपेर मुरी उब्जाउने दिन । तर, यस वर्ष पनि किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा अहिले गतवर्ष भन्दा कम धान रोपाई भएको छ । प्रदेशमा अहिले (असार १४ गते) सम्म करिब ३० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई भएको थियो । अहिले गतवर्षको भन्दा १६ प्रतिशतले कम रोपाई भएको हो ।

    images
    images
    images

    ढिलो वर्षा भएकाे कारण यसपाली लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा समयमा रोपाइँ हुन सकेन । समयमै वर्षा भए जेठबाटै रोपाइँ सुरु हन्थ्यो । यसपाली प्रदेशमा लामो समय सुक्खा रहु्यो । जसले गर्दा धेरै जमिन बाँझै देखिन्छन् । प्रदेशका पश्चिम नवलपरासीदेखि बर्दियासम्म ६ जिल्लालाई धान उत्पादन क्षेत्र मानिन्छ ।

    images
    images
    images

    कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । 

    images
    images
    images

    कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमकाअनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबै भन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाई भएको छ ।
    नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको थियाे ।

    लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने १ हजार ४१९.४२ हेक्टर मध्ये ९ सय २२.६२ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा ४ हजार ३४० हेक्टर मध्ये २ हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

    यस्तै तराई जिल्लाका धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामाकुलधान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफल मध्ये १७हजार ४७६.६८ हेक्टरमा रोपाई सकिएको छ। अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशतधान रोपाई भएको छ । जिल्लामा धान खेती हुने कुल ८ हजार ५० हेक्टर मध्ये १ हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्नभईसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिए ।

    गुल्मीमा २७ प्रतिशत रोपाई हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा कुल धान खेतिहुने ८ हजार ८३६ हेक्टर मध्ये २ हजार ३८५.७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पमा७हजार ७०६ हेक्टर मध्ये २ हजार ६९७.१० हेक्टर क्षेत्रफलमा रोपाई सकिसकेको छ । यता प्यूठान ६० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये ३ हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

    सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा गतवर्ष भन्दा केही कम धान रोपाइँ भएको मन्त्रालयका अधिकृत गौतमले बताए । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भएकाे कारण यसको असर रोपाइँमा परेकाे बताए ।

    बुटवलस्थित कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा कुल ३ लाख ७ हजार १ सय ४९ हेक्टरमा धान उत्पादन हुन्छ ।  निर्देशनालयका अनुसार मंगलबारसम्म ३० दशमलव २७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । करिब ७० प्रतिशत खेतियोग्य जमिन अझै बाँझै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।