Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

इटलीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको प्रस्ताव

इटलीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको प्रस्ताव

images
  • इटलीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको प्रस्ताव
    images
    images

    काठमाडौं। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले देशका विद्यालयमा बुर्का र नकाब लगाउन प्रतिबन्ध लगाउने प्रस्ताव अघि बढाउने घोषणा गरेकी छन् ।

    images
    images
    images

    साथै, विद्यालयमा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने र विद्यालय प्रणालीमा समाहित हुन कठिनाइ भोगिरहेका विदेशी विद्यार्थीका अभिभावकलाई इटालेली भाषा सिक्न अनिवार्य गर्ने प्रस्तावसमेत अघि सारिने उनले बताएकी छन् ।

    images
    images
    images

    मेलोनीले रोममा आयोजित आफ्नै दलको युवा संगठनको कार्यक्रममा इटालीमा बस्न आउने व्यक्तिले इटालेली भाषा सिक्नुका साथै देशको संस्कृति बुझ्न र नियमको सम्मान गर्नुपर्ने बताएकी छन् । उनका अनुसार भाषा र संस्कृतिसँगको समायोजनलाई प्राथमिकता दिनुपर्नेछ ।

    images
    images
    images

    प्रस्तावमा बुर्का र नकाबलाई मात्र समेटिएको छ भने हिजाबबारे उल्लेख गरिएको छैन । बुर्काले शरीरसहित अनुहार ढाक्ने र नकाबले आँखाबाहेक अनुहार ढाक्ने गर्छ । सरकारले प्रस्ताव स्वीकृत गरेपछि त्यसलाई कानुनी रूप दिन संसद्को अनुमोदन आवश्यक पर्नेछ ।

    प्रवासन र सांस्कृतिक समायोजनका विषयमा कडा नीति अपनाउँदै आएकी मेलोनीले आगामी आमनिर्वाचनअघि यस्ता नीतिगत कदम अघि सारेकी हुन् । उनको सरकारले साना तथा मध्यम आकारका कार र स्कुटरमा लाग्ने सम्पत्ति करबाट छुट दिनेसहितका अन्य प्रस्ताव पनि अघि बढाइरहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इटली
  • # बुर्का
  • # नकाब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।