Logo

२०८३, आश्विन ९गते


images
images

आज सङ्घीय संसदक दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसदक दुवै सदनको बैठक बस्दै

images
  • आज सङ्घीय संसदक दुवै सदनको बैठक बस्दै
    images
    images

     काठमाडौँ । आज सङ्घीय संसदक दुवै सदनको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको बैठक दिउसो १ बजेदेखि शुरु हुने संसद सचिवालयले जानकारी दिएको छ । 

    images
    images
    images

    आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसुची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका छ ।

    images
    images
    images

    त्यसैगरी प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने र 'राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    त्यसैगरी आज अपराहन्न १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

    त्यस्तै आज कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित 'सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने र 'सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुवै सदनको बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।