Logo

२०८३, आश्विन ९गते


images
images

सप्तरीबाट १४ सय किलो गाँजासहित एक जना पक्राउ

सप्तरीबाट १४ सय किलो गाँजासहित एक जना पक्राउ

images
  • सप्तरीबाट १४ सय किलो गाँजासहित एक जना पक्राउ
    images
    images

    सप्तरी । सप्तरीबाट प्रहरीले करिब १४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    डाक्नेश्वरी नगरपालिका–६ स्थित कटैया गाउँमा गएराति करिब पौने १ बजे भोला सदाको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो । घरमा ठूलो परिमाणमा गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खानतलासी गरेको थियो ।

    images
    images
    images

    खानतलासीका क्रममा ५६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब १४ सय किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका सदालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ ।

    images
    images
    images

    सीमावर्ती गाउँ भएकाले बरामद गाँजा भारततर्फ लैजानका लागि लुकाएर राखिएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।