Logo

२०८३, आश्विन ९गते


images
images

गगन नेतृत्वमा शुरु कांग्रेसको महाधिवेशनमा म सहभागी छैन : पूर्णबहादुर खड्का

गगन नेतृत्वमा शुरु कांग्रेसको महाधिवेशनमा म सहभागी छैन : पूर्णबहादुर खड्का

images
  • गगन नेतृत्वमा शुरु कांग्रेसको महाधिवेशनमा म सहभागी छैन : पूर्णबहादुर खड्का
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका टिप्पणीबारे स्पष्ट पार्दै खड्काले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकताबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको कारणले आफु महाधिवेशनको प्रक्रियामा सहभागी नभएको बताएका हुन् ।

    images
    images
    images

    उनले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशनमा सहभागी हुनु आफूलाई ‘चरम अनैतिक काम’ हुने बताएका छन् ।

    images
    images
    images

    खड्काले भनेका छन्, ‘सम्बन्धित सबैमा स्पष्ट होस् कि यो महाधिवेशनको कुनै पनि प्रक्रियामा मेरो सहभागिता छैन, रहने छैन ।’

    उनका अनुसार गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समेत यही कारणले आफू उम्मेदवार नबनेका हुन् । उनले गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लड्नु नैतिक रूपमा उचित नहुने आफ्नो विश्वास रहेको बताएका छन् ।

    खड्काले सर्वोच्च अदालतको पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र यसअघिको निर्णयमा त्रुटि देखाउँदै आफूहरूले दायर गरेको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको बताएका छन् ।

    महाधिवेशनका सबै प्रक्रिया रोक्न आफूहरूले सर्वोच्च अदालतमा निवेदन दिएको भए पनि अदालतबाट महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नभएपछि कांग्रेसको नाममा अलग-अलग दुईवटा महाधिवेशन हुने अवस्था बनेको खड्काले बताएका छन् ।

    उनले भनेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ ।’

    यद्यपि सम्भावित पार्टी विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको उनले बताएका छन् । कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र नभई नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उनको धारणा छ ।

    खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूलाई विचाराधीन पुनरावलोकनको मुद्दाको गम्भीरता मूल्यांकन गरी सम्भव भए अग्राधिकार दिएर ‘अन्तिम फैसला यथाशीघ्र’ गर्न आग्रह समेत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।