Logo

२०८३, आश्विन ९गते


images
images

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै

images
  • कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन आज सकिदै
    images
    images

    काठमाडौं । कांग्रेसको  १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ । शनिबारदेखि शुरु भएको वडा अधिवेशन आज देशभर वडामा सकिदैछ ।

    images
    images
    images

    शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया आजदेखि सुरु भएको हो । वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    कांग्रेसका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा अधिवेशन सम्पन्न भएको हो ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा वडा अधिवेशन आइतबार पनि जारी रहने कांग्रेसले जनाएको छ ।

    वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्ने कार्यतालिका रहेको छ । क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । 

    काँग्रेसले ४६० गाउँपालिकामा ३ हजार २१५, २७६ नगरपालिकामा ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ र ६ महानगरपालिकाका १७४ गरी देशभर ६ हजार ७४३ वडामा अधिवेशन गर्दै छ । विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४३४ जना निर्वाचित हुनेछन् । यसमा ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य निर्वाचित हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    गाउँपालिकाका वडामा पाँच पदाधिकारी र सात सदस्य गरी प्रतिवडा १२ जनाका दरले ३८ हजार ५८० जना निर्वाचित हुनेछन् भने नगरपालिकाका ३ हजार १२० वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी प्रतिवडा १३ जनाका दरले ४० हजार ५६० निर्वाचित हुदैछन् । त्यस्तै, २३४ उपमहानगरपालिका वडामा पाँच पदाधिकारी र १० सदस्य गरी ३ हजार ५१० जना तथा १७४ महानगरपालिका वडामा पाँच पदाधिकारी र ११ सदस्य गरी २ हजार ७८४ जना निर्वाचित हुनेछन् ।

    वडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याका आधारमा एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ ।

    भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य ठाउँमा वडा अधिवेशन आज र भोली सकिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा भने स्थानीय अवस्था हेरेर तथा कार्यकर्तासँगको समन्वयमा हुने बताइएको छ ।

    कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि  असोज ७ मा जिल्ला र असोज १० मा प्रदेश अधिवेशन हुनेछ । त्यसपछि असोज १६–१९ मा काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।