Logo

२०८३, आश्विन ९गते


images
images

विप्लवबाट अलग भएको समूहले गर्‍यो पार्टी पुनर्गठन, उमा भुजेल महासचिव

विप्लवबाट अलग भएको समूहले गर्‍यो पार्टी पुनर्गठन, उमा भुजेल महासचिव

images
  • विप्लवबाट अलग भएको समूहले गर्‍यो पार्टी पुनर्गठन, उमा भुजेल महासचिव
    images
    images

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले पार्टी पुनर्गठन गरेको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाले उमा भुजेल ‘शिलु’लाई महासचिव निर्वाचित गर्दै १०५ सदस्यीय केन्द्रीय समिति चयन गरेको पार्टीले जनाएको छ ।

    images
    images
    images

    भेलाले भुजेलले प्रस्तुत गरेको १५ पृष्ठको राजनीतिक प्रतिवेदनसमेत पारित गरेको सञ्चारकर्मी विनोद खनालले जानकारी दिए । ‘स्वाधीनता, समृद्धि र समानताका लागि कम्युनिस्ट एकता, समाजवादको आधार निर्माण आजको आवश्यकता’ भन्ने नारासहित भेला आयोजना गरिएको थियो ।

    images
    images
    images

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरेपछि आफूहरूले कम्युनिस्ट आन्दोलनको एकता, ध्रुवीकरण र पुनर्गठनको अभियान अघि बढाएको नवनिर्वाचित महासचिव उमा भुजेलले बताइन् ।

    images
    images
    images

    भेलामा वक्ताहरूले विप्लव नेतृत्वको पार्टीको राजनीतिक कार्यदिशाप्रति आलोचनात्मक धारणा राख्दै सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरेर समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।

    भेलाले उमा भुजेलको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गर्दै एकता, ध्रुवीकरण र पुनर्गठनको अभियानलाई अघि बढाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।