Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

images
  • अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ
    images
    images

    चितवन । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा चितवनको भरतपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भारतका २५ वर्षीय कथराम नितिनलाई भरतपुर महानगरपालिका-२ आँपटारीस्थित एक घरबाट नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा गरिएको कारबाहीका क्रममा उनको साथबाट २६ थान मोबाइल, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकम सिमकार्ड, ४ थान कम्प्युटर, ३३ थान युएसबी मोबाइल उपकरण, ६ थान २० पोर्टको युएसबी उपकरण, ३० थान युएसबी-अडियो तार, राउटर, नेटवर्क स्विच, इन्भर्टर, ब्याट्री तथा विभिन्न तार बरामद गरिएको छ ।

    images
    images
    images

    प्रारम्भिक अनुसन्धानमा बरामद उपकरण तथा सामग्री अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कल बाइपास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।