Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

हुथीले साउदी लडाकु विमान खसालेको दाबी

हुथीले साउदी लडाकु विमान खसालेको दाबी

images
  • हुथीले साउदी लडाकु विमान खसालेको दाबी
    images
    images

    काठमाडौँ । यमनका हुथी समूहले साउदी अरबको एफ-१५ लडाकु विमान खसालेको दाबी गरेको छ ।

    images
    images
    images

    हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार मारिब प्रान्तको आकाशमा सैन्य गतिविधिमा रहेको विमानलाई स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालिएको हो । हुथीले विमानको अवशेष देखाइएको भिडियोसमेत सार्वजनिक गरेको छ । तर साउदी पक्षले विमान खसालिएको दाबीको पुष्टि गरेको छैन ।

    images
    images
    images

    यसैबीच, साउदी नेतृत्वको गठबन्धनले हुथीले मक्कातर्फ ड्रोन पठाएको आरोप लगाएको छ । साउदी वायु रक्षा प्रणालीले ड्रोनलाई मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै नष्ट गरेको गठबन्धनको भनाइ छ ।

    images
    images
    images

    हुथीले भने मक्कालाई निशाना बनाएको आरोप अस्वीकार गर्दै साउदीको दाबीलाई झुटो भएको बताएको छ । पछिल्लो घटनाक्रमसँगै साउदी अरब र हुथीबीचको सैन्य तनाव थप बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।