काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्ध हुने घरेलु एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ । भारतीय क्रिकेट टोलीको छनोट समितिले एकदिवसीयतर्फ शुभमन गिलको कप्तानीमा टोली छनोट गरेको छ भने टी-२० टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् ।
एकदिवसीय टोलीमा कप्तान शुभमन गिलसँगै रोहित शर्मा, विराट कोहली, ऋतुराज गायकवाड, केएल राहुल, ध्रुव जुरेल, नितिशकुमार रेड्डी, रविन्द्र जडेजा, कुलदीप यादव, प्रसिद्ध कृष्ण, गुरनूर बरार, मोहम्मद सिराज, औकिब नाबी, यशस्वी जैसवाल र नमन धीर छन्।
टी-२० टोलीमा कप्तान श्रेयस अय्यर, अभिषेक शर्मा, वैभव सूर्यवंशी, इशान किशन, सञ्जु सामसन, तिलक वर्मा, शिवम दुबे, कुलदीप यादव, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, नितिशकुमार रेड्डी, अर्शदीप सिंह, प्रिन्स यादव र मयंक यादव रहेका छन् ।
भारत र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय सिरिज सेप्टेम्बर २७ देखि सुरु हुनेछ। पहिलो खेल तिरुवनन्तपुरममा, दोस्रो खेल सेप्टेम्बर ३० मा गुवाहाटीमा र तेस्रो खेल अक्टोबर ३ मा नयाँ चण्डीगढमा हुनेछ। तीनै खेल दिउँसो २ बजे सुरु हुनेछन् ।
त्यसपछि पाँच खेलको टी-२० सिरिज हुनेछ । पहिलो खेल अक्टोबर ६ मा लखनउमा, दोस्रो अक्टोबर ९ मा राँचीमा, तेस्रो अक्टोबर ११ मा इन्दौरमा, चौथो अक्टोबर १४ मा हैदराबादमा र पाँचौँ खेल अक्टोबर १७ मा बैंगलुरुमा हुनेछ। सबै ट्वान्टी–२० खेल नेपाली समयअनुसार राति ७ बजे सुरु हुनेछन् ।
यसैबीच, जम्मु–कश्मीरविरुद्ध हुने इरानी कपका लागि पनि रेस्ट अफ इण्डिया टोली पनि घोषणा गरिएको छ । टोलीको कप्तानी ऋषभ पन्तले गर्नेछन् भने सरफराज खान उपकप्तान तथा विकेटकिपरको भूमिकामा रहनेछन् ।
इरानी कप टोलीमा सनत सांगवान, शिखर मोहन, सुदीप घरामी, स्मरण रविचन्द्रन, मानव सुथार, सारांश जैन, आकाश दीप, मुकेशकुमार, मुकेश चौधरी, आर्यन जुयाल, आर्यन पाण्डे, अनुकूल रोय र आयुष दोसजा रहेका छन् । आकाश दीपको सहभागिता भने फिटनेस परीक्षणमा निर्भर रहनेछ ।
यसैगरी, जापानविरुद्धको टी-२० खेल तथा एसियाली खेलकुदका लागि घोषित भारतीय टोलीमा परिवर्तन गरिएको छ । जसमा वरुण चक्रवर्ती ढाडको छेउतर्फको मांसपेशीमा समस्या देखिएपछि टोलीबाट बाहिरिएका छन् । उनको स्थानमा विप्रज निगमलाई समावेश गरिएको छ ।
एसियाली खेलकुदका लागि यसअघि टोलीमा रहेका नितिशकुमार रेड्डीलाई भने हटाइएको छ । उनी वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा सहभागी हुनेछन् । जापानविरुद्धको टी-२० तथा एसियाली खेलकुदका लागि संशोधित टोलीमा श्रेयस अय्यर, अभिषेक शर्मा, सञ्जु सामसन, इशान किशन, शिवम दुबे, तिलक वर्मा, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, जसप्रित बुमराह, अर्शदीप सिंह, वैभव सूर्यवंशी, यश ठाकुर र विप्रज निगम रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology