Logo

२०८३, आश्विन ९गते


images
images

टी-२० सिरिज

नेपाल र बंगलादेशबीच आगामी मार्चमा टी-२० सिरिज हुने

नेपाल र बंगलादेशबीच आगामी मार्चमा टी-२० सिरिज हुने

images
  • नेपाल र बंगलादेशबीच आगामी मार्चमा टी-२० सिरिज हुने
    images
    images

    काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी तीन खेलको टी-२० क्रिकेट सिरिज हुने भएको छ । आगामी मार्चमा हुने यो सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने भएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डको संयुक्त पहलमा हुने सिरिजमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरिने भएको हो ।

    images
    images
    images

    सिरिजका तीनै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेल २६ मार्च २०२७, दोस्रो खेल २८ मार्च र तेस्रो खेल ३० मार्च २०२७ मा हुनेछ ।

    images
    images
    images

    नेपाल र बंगलादेशबीचको क्रिकेट सम्बन्धलाई थप विस्तार गर्दै बंगलादेशले नेपालको महिला क्रिकेट, उमेर समूहका खेलाडीको विकास तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ। साथै, नेपाल ‘ए’ टोलीको भ्रमण र द्विपक्षीय ‘ए’ टोलीका कार्यक्रममार्फत खेलाडी विकास तथा प्रतिस्पर्धात्मक अनुभव बढाउन पनि सहकार्य गरिने जनाइएको छ ।

    नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्डले क्रिकेटमार्फत दुःखको यस घडीमा दुई देशबीचको मित्रता, सहानुभूति र ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।