Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभा

बिचौलियालाई पोस्न र अकर्मण्य बन्न जनताले दुई तिहाई दिएका होइनन्- अर्जुननरसिंह केसी

बिचौलियालाई पोस्न र अकर्मण्य बन्न जनताले दुई तिहाई दिएका होइनन्- अर्जुननरसिंह केसी

images
  • बिचौलियालाई पोस्न र अकर्मण्य बन्न जनताले दुई तिहाई दिएका होइनन्- अर्जुननरसिंह केसी
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा बढिरहेको महंगीप्रति सरकार मौन रहेकोप्रति आपत्ति जनाएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको वुधबारको बैठकमा बोल्दै नेता केसीले पछिल्लो समय देशमा महंगी व्यापक रुपमा बढेको अवस्थामा सरकार मौन रहेको भन्दै यो दुखद भएको र गम्भीर हुन चेतावनी दिएका छन् । उनले ग्यास व्यवस्थापन गर्न सरकारले नसकेको बताउदै कालोबजारीमा ग्यास तुरुन्त पाइएकोप्रति सरकार बेखबर रहनु दुखद भएको बताए ।

    images
    images
    images

    जनताले दुई तिहाइ मत दिएको बिचौलियालाई पोस्न र अकर्मण्य बन्न नदिएको भन्दै प्रभावकारी अनुगमन गरेर कालोबजारी रोक्न सरकारलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले संकटको बेला नागरिकको चुलो बलेको सुनिस्चित गर्नु सरकारको दायित्त्व भएको बताउदै सरकार र सरकारी निकाय मौन रहनु कुनै पनि किसिमले सहि नभएको बताए । नेता केसीले सरकारले प्रभावकारी अनुगमन गरेर कालोबजारी नरोकेमा र वितरण सहज नबनाएमा जनता सडकमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएका छन् ।

    उनले भोटेकोशी बढीको प्रभावकारी अनुगमन र व्यवस्थापनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिचौलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।