Logo

२०८३, आश्विन ९गते


images
images

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

images
  • संघीय संसदका दुवै सदनको बैठक बस्दै
    images
    images

    काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । 

    images
    images
    images

    संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

    images
    images
    images

    बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले 'बालबालिका सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आजै राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

    त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले 'संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन' सभा समक्ष पेस गर्ने कार्यसूची छ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले 'मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।