Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

बैशाख  २५ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

बैशाख  २५ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • बैशाख  २५ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ बैशाख २५ गते शनिबार । तदनुसार ८ मे २०२१ । श्री शनिदेवको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस । 

    images
    images
    images

    पञ्चाङ्ग :
    वि.सं. वैशाख २५, २०७८ । ई.सं. 07 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ चौलागा । उत्तरायण । ऋतु - वसन्त । वार - शनिवार  । वैशाख कृष्णपक्ष । तिथि - द्वादशी, १८:४९ बजे उप्रान्त त्रयोदशी । नक्षत्र - उत्तरभाद्रपदा, १६:२८ बजे उप्रान्त रेवती । योग - विष्कम्भ, २१:३९ बजे उप्रान्त प्रिती। करण - कौलव ६:१७ बजेदेखि तैतिल, १८:४९ बजे उप्रान्त गर। चन्द्रराशि - कुम्भ । आनन्दादि योग - ध्वज । दिनमान ३३ घडी ०५ पला । सूर्योदय ५:२१ । सूर्यास्त १८:४० । पञ्चक, रेडक्रस दिवस ।

    images
    images
    images

    आजको राशिफल :

    images
    images
    images

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । काममा बाधा व्यवधन आउने छ । कुरा काट्नेहरु प्रसस्त भेटिनाले अपयश मात्र हात लाग्नेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । पराक्रम बढने तथा काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । यात्रा तथा धनलाभहुने दिन रहेको छ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    आज कुनै नयाँ कामको थालनि हुनेछ । आज ऐश्वर्य प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ।  इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    परिवार तथा सन्तानबाट असहयोग प्राप्त हुनेछ । अध्ययनमा रुचि वढनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छैन । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । आज खर्चमा वृद्धि हुनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आम्दानी हुने दिन रहेको छ । मान-प्रतिष्ठा बढ्ने योग छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । श्रीवृद्धि तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिंगीसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । विद्यार्थीका लागि अध्ययन क्षेत्र फलदायी रहेका छन् ।

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    धनक्षय(अपव्यय) हुनेछ मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुनेछैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुनेछैन ।

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    परिवारका सदस्यहरुसंग मतभेद हुन सक्ने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । अनावश्यक खर्चमा वृद्धि हुनेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । मित्रहरुको साथ र सहयोग प्राप्त हुनेछ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    शरीरमा समस्या आउन सक्नेछ । मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउनेछ । खानपानमा ख्याल गर्नुहोला ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    स्वास्थ्य राम्रो रहने छ । मनमा सुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । पारिवारीक सुख प्राप्त हुनेछ । स्वादिष्ट भोजन तथा उपहार प्राप्तहुने योग रहेको छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।